काठमाडौँ । गायिका तथा लोक तथा दोहोरी गीत प्रतिष्ठानकी अध्यक्ष रीता थापा मगरले नेपाली कांग्रेसको केन्द्रीय सदस्य पदमा उम्मेदवारी दर्ता गराएकी छन्।

उनले नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मंगलबार राजधानीको राष्ट्रिय सभागृहस्थित मनोनयन दर्ता स्थल पुगेर उम्मेदवारी दर्ता गराएकी हुन्।

ADVERTISEMENT

थापा मगरको उम्मेदवारीको प्रस्तावकमा गायक सुवास केसी रहेका छन् भने समर्थकमा गायक चन्द्र शर्मा रहेका छन्।

ADVERTISEMENT

कलाकारिता क्षेत्रमा सक्रिय थापा मगरले कांग्रेसको केन्द्रीय सदस्यका लागि उम्मेदवारी दिएसँगै उनको राजनीतिक यात्रा पनि थप चर्चामा आएको छ।