काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल आज फिजीको नादीमा आयोजना हुने जलवायु परिवर्तनसम्बन्धी ‘प्रि–कोप लिडर्स इभेन्ट’मा सहभागी हुँदैछन्।

कार्यक्रममा नेपालसहित विभिन्न मुलुकका नेताहरूको सहभागिता रहनेछ। कार्यक्रमअन्तर्गत हुने नेताहरूको पूर्ण सत्रलाई मन्त्री खनालले सम्बोधन गर्ने कार्यक्रम छ।

ADVERTISEMENT

सम्बोधनका क्रममा मन्त्री खनालले जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा परेको प्रभाव, जलवायु न्याय तथा हिमाली मुलुकका प्राथमिकता र सरोकारका विषय अन्तर्राष्ट्रिय समुदायसमक्ष प्रस्तुत गर्नेछन्।

ADVERTISEMENT

फिजी र टुभालुमा हुने कार्यक्रम सम्पन्न गरेपछि मन्त्री खनाल अस्ट्रेलिया भ्रमणमा जानेछन्। अस्ट्रेलिया भ्रमणका क्रममा उनले त्यहाँकी विदेशमन्त्री पेनी वङसँग भेटवार्ता गर्ने कार्यक्रम छ।

भेटमा नेपाल–अस्ट्रेलिया सम्बन्ध, द्विपक्षीय सहयोग तथा पारस्परिक हितका विषयमा छलफल हुने बताइएको छ।

ADVERTISEMENT

मन्त्री खनालले क्यानबेरा र सिड्नीमा नेपाली दूतावास तथा नेपाली समुदायले आयोजना गर्ने कार्यक्रममा समेत सहभागिता जनाउनेछन्। उनी अक्टोबर १२ मा स्वदेश फर्कने कार्यक्रम रहेको छ।