काठमाडौं । साताको कारोबारको तेस्रो दिन मंगलबार सेयर बजार सामान्य अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ६.५१ अंकले बढेर २७७६.९० विन्दुमा कायम भएको छ ।

आज सेयर बजारमा सुरुदेखि नै हरियाली छाएको थियो । तर उच्च अंकले बढ्न सकेन । एकपटक १६ अंकसम्म पुगेको नेप्से बन्द हुने बेला एकल अंकमा सीमित भएको हो ।

आज ३१६ कम्पनीको एक करोड ३१ लाख कित्ता सेयर किनबेच हुँदा पाँच अर्ब ६३ करोड बराबरको कारोबार भएको छ । जुन अघिल्लो दिनको भन्दा कम हो । १४२ कम्पनीको सेयर मूल्य बढ्दा १०७ कम्पनीको घटेको छ ।

मंगलबार सबैभन्दा धेरै युनाइटेड मोदी हाइढ्रोपावरको ३१ करोडको कारोबार भएको छ । यस्तै, हिमालयन डिस्टिलीरको २८ करोड, राधी विद्युत कम्पनीको २० करोड, बुटवल पावर कम्पनीको साढे १७ करोड र माउन्टेन इनर्जीको १७ करोड बराबरको कारोबार भएको छ ।