काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि आमन्त्रण गरिएका विदेशी पाहुना नेपाल आउन थालेका छन्। महाधिवेशनको उद्घाटन समारोहमा सहभागी हुन सोसलिस्ट इन्टरनेसनलकी महासचिव चान्टल काम्बिवा बुधबार काठमाडौं आइपुगेकी छन्।

राजनीतिक विश्लेषक गेजा शर्मा वाग्लेले काम्बिवाको तस्वीर सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गर्दै नेपालमा स्वागत गरिएको जानकारी दिएका छन्। उनले लेखेका छन्, ‘नेपाली कांग्रेसको महाधिवेशनमा भाग लिन आउनुभएकी सोसलिस्ट इन्टरनेसनलका महासचिव चान्टल काम्बिवालाई नेपाली कांग्रेसको तर्फबाट नेपालमा हार्दिक स्वागत।’

ADVERTISEMENT

नेपाली कांग्रेसले १८ असोजमा हुने १५औँ महाधिवेशनको उद्घाटन समारोहमा सहभागी हुन विभिन्न मुलुक तथा अन्तर्राष्ट्रिय राजनीतिक संगठनका पाहुनालाई आमन्त्रण गरेको छ।

ADVERTISEMENT