काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं सोमबार भक्तपुरस्थित निवासबाट पक्राउ परेका छन् । नेपाल प्रहरीको साइबर ब्यूरोको टोलीले उनलाई पक्राउ गरेको हो ।

साइबर ब्यूरोका अनुसार प्रसाईंमाथि विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा अनुसन्धान भइरहेको छ । रास्वपाकी सांसद रचना खतिवडाले दिएको उजुरीका आधारमा जिल्ला अदालतबाट पक्राउ पुर्जी लिएर उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

ADVERTISEMENT

प्रसाईंले सामाजिक सञ्जाल तथा युट्युबमार्फत सांसद खतिवडालाई लक्षित गर्दै आपत्तिजनक टिप्पणी गरेको आरोप छ । उनको अभिव्यक्तिमा आफ्ना छोरा तथा जेनजी आन्दोलनका सहिद रसिक खतिवडाको मृत्युलाई समेत जोडिएको भन्दै सांसद खतिवडाले संसद्मा आपत्ति जनाएकी थिइन् ।

ADVERTISEMENT

खतिवडाले असोज ६ गते प्रतिनिधिसभाको बैठकमा आफू र सहिद परिवारलाई लक्षित गरी गरिएको टिप्पणीबारे सरकारको ध्यानाकर्षण गराएकी थिइन् । त्यसपछि उनले साइबर ब्यूरोमा उजुरी दिएको बताइएको छ ।

प्रहरीले प्रसाईंलाई अदालतमा उपस्थित गराएर अनुसन्धानका लागि म्याद थपको प्रक्रिया अघि बढाएको छ । यसअघि पनि प्रसाईं विभिन्न साइबरसम्बन्धी मुद्दामा पक्राउ पर्दै छुट्दै आएका छन् ।

ADVERTISEMENT