काठमाडौं । प्रहरीले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बोल्न रोकेको छ। आइतबार झापाबाट काठमाडौं उत्रिनासाथ प्रसाईंलाई काठमाडौं जिल्ला परिसरका एसपी पवन भट्टराईको गाडीमा हालेर उनको घर लगिएको छ।

विमानस्थल प्रहरीका अनुसार विमानस्थाल निषेधित क्षेत्र भएकाले सम्भावित विरोधको कार्यक्रमलाई मध्यनजर गर्दै प्रसाईंलाई एसपीको गाडीमा घरसम्म पुर्‍याएको हो। विमानस्थलको मेन गेटबाटै पत्रकार तथा दुर्गाका समर्थकहरुलाई प्रवेश गर्न दिइएको थिइएन ।

ADVERTISEMENT

‘एसपी भट्टराईले भने, ‘जिल्ला सुरक्षा समितिले विमानस्थललाई संवेदनशील क्षेत्र घोषणा गरेको छ। त्यसैले त्यहाँ कुनै पनि विरोध कार्यक्रम गर्न पाइँदैन।’ प्रसाईंनिकट स्रोतका अनुसार प्रहरीले उनलाई नियन्त्रणमा लिएपछि सिधै भक्तपुरस्थित उनको घर पुर्‍याएको थियो।

आत्मदाह गरेका मुगुका गणेश नेपालीको न्यायका लागि भन्दै विमानस्थलमै विशेष सम्बोधन गर्न खोजेका प्रसाईंलाई प्रहरीले गाडीमा राखेर भक्तपुर लगेको थियो । उनले दिउँसो ३ बजे भक्तपुरिस्थित निवासमा पत्रकार सम्मेलन गर्न लागेको जानकारी दिएका छन् ।

ADVERTISEMENT