काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १३९ रुपैयाँ ४७ पैसा र बिक्रीदर १४० रुपैयाँ ०७ पैसा कायम भएको छ ।
युरोपियन युरो एकको खरिदर १६२ रुपैयाँ ९९ पैसा र बिक्रीदर १६३ रुपैयाँ ६९ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिदर १८८ रुपैयाँ ९० पैसा र बिक्रीदर १८९ रुपैयाँ ७१ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १७२ रुपैयाँ ८९ पैसा र बिक्रीदर १७३ रुपैयाँ ६३ पैसा कायम गरिएको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ ८३ पैसा र बिक्रीदर ९१ रुपैयाँ २२ पैसा, क्यानेडियन डलर एकको खरिदर १०१ रुपैयाँ ११ पैसा र बिक्रीदर १०१ रुपैयाँ ५५ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०८ रुपैयाँ ७६ पैसा र बिक्रीदर १०९ रुपैयाँ २३ पैसा निर्धारण गरिएको छ ।
जापानी येन १० को खरिदर नौ रुपैयाँ ४६ पैसा र बिक्रीदर नौ रुपैयाँ ५० पैसा, चिनियाँ युआन एकको खरिदर १९ रुपैयाँ ४३ पैसा र बिक्रीदर १९ रुपैयाँ ५१ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपैयाँ १७ पैसा र बिक्रीदर ३७ रुपैयाँ ३३ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपैयाँ २६ पैसा र बिक्रीदर ३८ रुपैयाँ ४३ पैसा कायम भएको छ ।




