काठमाडौं । बजाजले दशैँलाई लक्षित गर्दै नेपालभर निःशुल्क मोटरसाइकल चेकअप क्याम्प सञ्चालनमा ल्याएको छ।कम्पनीका अनुसार असोज ४ गतेदेखि सुरु भएको क्याम्प असोज ९ गतेसम्म सञ्चालन हुनेछ। क्याम्प अवधिमा ग्राहकले नेपालभर रहेका कुनै पनि बजाज सर्भिस सेन्टरमा पुगेर मोटरसाइकलको निःशुल्क व्यावसायिक चेकअप गराउन सक्नेछन्।
दशैँको समयमा मोटरसाइकलबाट यात्रा गर्नेको संख्या तथा यात्राको दूरी बढ्ने भएकाले यात्राअघि सवारीको अवस्था जाँच गर्ने उद्देश्यले क्याम्प सञ्चालन गरिएको बजाजले जनाएको छ।
कम्पनीका अनुसार चेकअपका क्रममा थप मर्मतसम्भार वा पार्टपुर्जा परिवर्तन गर्नुपर्ने भए विभिन्न सेवामा छुटसमेत उपलब्ध हुनेछ। क्याम्प अवधिभर लेबर चार्जमा ५० प्रतिशत, इन्जिन आयलमा १६ प्रतिशत, स्पेयर पार्ट्समा १० प्रतिशत र युरोग्रिप टायरमा १० प्रतिशत छुट दिइनेछ।
बजाजले नियमित चेकअप तथा समयमै मर्मतसम्भार गर्दा मोटरसाइकलमा देखिन सक्ने सम्भावित समस्या पहिचान गर्न सहज हुने जनाएको छ।
विशेषगरी दशैँको लामो यात्राअघि मोटरसाइकलको अवस्था परीक्षण गर्न कम्पनीले ग्राहकलाई आग्रह गरेको छ। निःशुल्क चेकअपका लागि छुट्टै क्याम्पस्थल तोकिएको छैन। ग्राहकले आफूलाई पायक पर्ने नेपालभरका कुनै पनि बजाज सर्भिस सेन्टरमा पुगेर सेवा लिन सक्नेछन्।
बिक्रीपछिको सेवाअन्तर्गत सञ्चालन गरिएको यस अभियानमार्फत ग्राहकलाई दशैँअघि मोटरसाइकलको नियमित निरीक्षण तथा आवश्यक मर्मतसम्भारमा सहजता प्रदान गर्ने कम्पनीले जनाएको छ।






