काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार दोहोरो अंकले घटेको छ । नेप्से परिसूचक १६.४७ अंकले घटेर २६१३.३३ विन्दुमा रोकिएको हो । यो अघिल्लो कारोबार दिनको तुलनामा ०.६२ प्रतिशतको गिरावट हो ।

बजार घटे पनि सोमबार कारोबार रकम भने ५ अर्ब रुपैयाँ नाघेको छ । कुल ३५७ धितोपत्रको ५८ हजार ५ सय कारोबारबाट १ करोड ३१ लाख ७८ हजार १२८ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ३८ करोड ५७ लाख ८५ हजार ४१४ रुपैयाँ बराबरको कारोबार भएको छ ।

ADVERTISEMENT

सोमबार व्यापार उपसूचकबाहेक सबै उपसूचक घटेका छन् । निर्जीवन बीमा उपसूचक सबैभन्दा धेरै १.२० प्रतिशतले घटेको छ ।

ADVERTISEMENT

कारोबार भएका धितोपत्रमध्ये केबीएल डिभेन्चरको मूल्य सबैभन्दा धेरै १२.१७ प्रतिशतले बढेको छ । त्यस्तै, लक्ष्मी सनराइज डिभेन्चर १० प्रतिशत र प्राइम बैंक डिभेन्चर ८.८३ प्रतिशतले बढेका छन् ।

यता हाथवे इन्भेस्टमेन्ट नेपाल लिमिटेडको सेयर मूल्य सबैभन्दा धेरै १०.५८ प्रतिशतले घटेको छ । इमर्जिङ नेपाल लिमिटेड, ग्लोबल आईएमई ब्यालेन्स्ड फन्ड र धौलागिरि लघुवित्त वित्तीय संस्थालगायतका धितोपत्रको मूल्य पनि घटेको छ ।

ADVERTISEMENT

सोमबार कारोबार रकमका आधारमा हिमालयन डिस्टिलरी शीर्ष स्थानमा रहेको छ । कारोबार संख्याका आधारमा भने हाथवे इन्भेस्टमेन्ट नेपाल अगाडि रहेको छ ।