काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीभित्र बोल्ने क्रममा हुने तिखा टिप्पणीलाई व्यक्तिगत रूपमा नलिन आग्रह गरेका छन्।
पार्टी केन्द्रीय कार्यालयमा जारी केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्दै थापाले आफूबाट वा अन्य नेताबाट भएका टिप्पणीलाई व्यक्तिगत रूपमा नलिई पार्टीभित्रको सामान्य विषयका रूपमा लिन आग्रह गरेका हुन्।
उनले नेपाली कांग्रेसलाई ‘दाइभाइवाला पार्टी’ र एउटै परिवारका रूपमा चित्रण गर्दै परिवारभित्र कहिलेकाहीँ एकअर्कालाई ठेस लाग्ने बताए।
थापाले यस्ता असमझदारीलाई सौहार्दपूर्ण वातावरणमा छलफल गर्दै अघि बढ्नुपर्नेमा जोड दिएका छन्।





