काठमाडौं । प्रभु बैंकका ग्राहक तथा कर्मचारीले जोय स्टोरका सेवासुविधामा पाँचदेखि २० प्रतिशतसम्म विशेष छुट पाउने भएका छन् । यससम्बन्धी सम्झौता पत्रमा बैंक र स्टोरबीच हस्ताक्षर भएको छ ।

सम्झौतापत्रमा जोय स्टोरका तर्फबाट कार्यकारी निर्देशक गुरुदत्त शर्मा तथा प्रभु बैंकका तर्फबाट चिफ मार्केटिङ अफिसर रमेशकुमार श्रेष्ठबीच हस्ताक्षर भएको छ ।

ADVERTISEMENT

काठमाडौ महानगरपालिका–२२, न्युरोड स्थित जोय स्टोरमा प्रभु बैकंका कर्मचारी तथा ग्राहकहरुले आइफोन र म्याकबुकमा पाँच–पाँच प्रतिशत तथा आइफोन र म्याकबुकका एसेसरिजहरुमा २० प्रतिशत छुट पाउने भएका छन् । यस्तै, क्रेडिट कार्ड होल्डरहरुले इन्स्ट्रापे स्किमबाट किस्ताबन्धी सुविधा पनि पाउने भएका छन् ।

हालसालै बैंक अफ द इयर २०२३ को उपाधिबाट सम्मानित प्रभु बैंकका नेपालभर ३१२ शाखा कार्यालयहरु, २८६ एटीएम साथै ६८एक्सटेन्सन काउन्टर मार्पmत करिब ३१ लाखभन्दा बढी ग्राहकहरुलाई ‘बिश्वास लिन्छौं, विश्वास दिन्छौं’ भन्ने मूल नाराका साथमा बैंकिङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको छ ।

ADVERTISEMENT

अत्याधुनिक प्रविधिमार्फत गुणस्तरीय सेवा प्रवाह गर्दै गाडि बढिरहेको बैंक फिनाकल इन्फोसिस इनोभेसन गोल्ड–२०२४ अवार्डबाट पनि सम्मानित भएको छ ।