काठमाडौं । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा करिब ७ हजार महाधिवेशन प्रतिनिधि सहभागी हुने भएका छन्।

कांग्रेस निर्वाचन समितिले बुधबार पत्रकार सम्मेलनमार्फत आगामी असोज १६ देखि १९ गतेसम्म हुने महाधिवेशनमा उक्त संख्यामा प्रतिनिधि सहभागी हुने जानकारी दिएको हो। कांग्रेसले यसअघि पनि महाधिवेशनको मिति असोज १६ देखि १९ गतेसम्म कायम राखेको जनाएको छ।

ADVERTISEMENT

निर्वाचन समितिका सदस्य राजु नेपालका अनुसार रसुवा, नुवाकोट र धादिङलगायत केही जिल्लाबाहेक देशभर ८ लाख ७० हजार क्रियाशील सदस्य रहेका छन्।

ADVERTISEMENT

महाधिवेशनलाई व्यवस्थित र पारदर्शी बनाउन देशभर करिब ९ हजार निर्वाचन अधिकृत वडा तहसम्म परिचालन गरिएको कांग्रेसले जनाएको छ। स्थानीय तहका पार्टी समितिसँग समन्वय गरेर निर्वाचन प्रक्रिया अघि बढाइएको छ।

निर्वाचन समितिका सदस्यसचिव नेपालका अनुसार तीन जिल्लाबाहेक ७४ जिल्लामा निर्वाचन सामग्री तथा प्रक्रिया अघि बढिसकेको छ। कांग्रेसको महाधिवेशनअन्तर्गत वडा तहदेखि केन्द्रीय तहसम्म नेतृत्व चयनको प्रक्रिया अघि बढिरहेको छ।

निर्वाचन समितिले जारी गरेको कार्यतालिकाअनुसार केन्द्रीय महाधिवेशन असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा हुनेछ।