काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा जनही १५ हजार रुपैयाँ सहयोग गर्ने भएका छन् ।
रास्वपा मुख्य सचेतक कविन्द्र बुर्लाकोटीले सूचना जारी गर्दै पार्टीका संसदीय दलका सदस्यहरूबाट राहत कोषमा योगदान गर्ने निर्णय कार्यान्वयन गर्न लागिएको जानकारी दिएका हुन् ।
महामन्त्रीसहित संसदीय दलका पदाधिकारीबीच भएको अनौपचारिक छलफलबाट प्रत्येक सांसदले १५ हजार रुपैयाँ योगदान गर्ने प्रस्ताव अघि बढाइएको उनले जनाएका छन् ।
रास्वपामा सभामुखबाहेक १८१ सांसद छन् । यसअनुसार सबै सांसदले जनही १५ हजार रुपैयाँका दरले योगदान गरेमा राहत कोषमा कुल २७ लाख १५ हजार रुपैयाँ जम्मा हुनेछ ।





