काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को वितरणयोग्य सञ्चित मुनाफाबाट सेयरधनीलाई कुल १६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।भदौ २८ गते बसेको बैंकको सञ्चालक समिति बैठकले चुक्तापुँजीको ६ प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

बैंकका अनुसार प्रस्तावित नगद लाभांशमा बोनस सेयरबापत लाग्ने करसमेत समावेश गरिएको छ। प्रस्तावित लाभांश वितरणका लागि बैंकले नेपाल राष्ट्र बैंकबाट स्वीकृति लिनुपर्नेछ।

ADVERTISEMENT

राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भएपछि बैंकको आगामी वार्षिक साधारणसभामा लाभांशसम्बन्धी प्रस्ताव पेस गरिनेछ। साधारणसभाबाट प्रस्ताव पारित भएपछि मात्रै सेयरधनीलाई बोनस सेयर तथा नगद लाभांश वितरण गरिने बैंकले जनाएको छ। ६ प्रतिशत बोनस सेयर वितरणपछि बैंकको चुक्तापुँजी वृद्धि हुनेछ भने १० प्रतिशत नगद लाभांशले सेयरधनीलाई प्रत्यक्ष प्रतिफल दिनेछ।

ADVERTISEMENT