काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आवको मुनाफाबाट सेयरधनीलाई लाभांश घोषणा गरेको छ । कम्पनीको कात्तिक २६ गते बसेको सञ्चालक समितिको निर्णय अनुसार सेयरधनीलाई १५ प्रतिशत लाभांश घोषणा गरेको हो ।
साना किसान विकास लघुवित्तको हाल कायम चुक्त्ता पुँजी ४ अर्ब ३१ करोड २६ लाख २१ हजार ५ सय १३ रुपैयाँको आधारमा बोनस सेयर १४.२५ प्रतिशत र नगद लाभांश (कर सहित) ०.७५ प्रतिशत दिने घोषणा गरेको छ ।






