ललितपुर, ३१ साउन २०८२ – आज कृष्णजन्माष्टमीको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले ललितपुरस्थित पाटन दरबार क्षेत्रको ऐतिहासिक कृष्ण मन्दिरमा पूजा–दर्शन गरेका छन्।

धार्मिक तथा सांस्कृतिक महत्वको दिनका अवसरमा राष्ट्रपति पौडेल मन्दिर पुगेर भगवान श्रीकृष्णको आराधना गरेका थिए। यस अवसरमा मन्दिर परिसरमा विशेष पूजा, भजन–कीर्तन तथा धार्मिक कार्यक्रमहरू आयोजना गरिएको थियो।

पाटनको कृष्ण मन्दिरमा प्रत्येक वर्ष कृष्णजन्माष्टमीका दिन हजारौं भक्तजनहरूको उपस्थिती हुने गर्दछ। राष्ट्रपति पौडेलले जनसमुदायसँगै कृष्ण मन्दिरको दर्शन गर्दै भक्तजनहरूलाई शुभकामना व्यक्त गरेका थिए।