काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आज पशुपतिनाथ मन्दिरमा विशेष पूजा गर्ने भएका छन्।
राष्ट्रपति कार्यालयका अनुसार देश र जनताको हित तथा कल्याणका लागि सङ्कल्पसहित राष्ट्रपति पौडेलले विशेष पूजा गर्न लागेका हुन्।
विशेष पूजाका लागि राष्ट्रपति पौडेल बिहान ७ बजे पशुपतिनाथ मन्दिर पुग्ने कार्यक्रम रहेको राष्ट्रपति कार्यालयले जनाएको छ।
पूजाका क्रममा देशमा शान्ति, समृद्धि तथा जनताको सुख, समृद्धि र कल्याणका लागि सङ्कल्प गरिने बताइएको छ।





