काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हालसम्म १३ अर्ब २३ करोड १० लाख ८१ हजार २६७ रुपैयाँ जम्मा भएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार आज साँझ ५ बजेसम्म विभिन्न नौवटा बैंकमा ९ अर्ब ६८ करोड २३ लाख ५५ हजार २५ रुपैयाँ जम्मा भएको हो।

ADVERTISEMENT

त्यस्तै, कोषका दुईवटा बैंकमा रहेका अमेरिकी डलर खातामा २ करोड ३२ लाख ८४ हजार ७७ अमेरिकी डलर जम्मा भएको कार्यालयले जनाएको छ।

ADVERTISEMENT

यसअघि भदौ १० गते रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकका लागि राहत तथा उद्धार कार्य सञ्चालन गर्न कोषबाट राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत १ अर्ब रुपैयाँ निकासा गरिएको थियो।

बाढीबाट रसुवा, नुवाकोट, धादिङलगायत क्षेत्रमा ठूलो जनधनको क्षति भएको थियो। सरकारले प्रभावित क्षेत्रमा उद्धार, राहत तथा पुनःस्थापनाका काम अघि बढाइरहेको छ।

ADVERTISEMENT