काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक आज (बिहीबार) बस्ने भएको छ। समसामयिक राजनीतिक विषयमा छलफल गर्नका लागि बैठक डाकिएको हो।

कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेको सचिवालयका अनुसार बैठक बिहान ११ बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बस्ने तय भएको छ।

ADVERTISEMENT

पछिल्लो समय विकसित राजनीतिक घटनाक्रम, संसद्मा पार्टीले खेल्नुपर्ने भूमिका र आगामी कार्यदिशाका बारेमा बैठकमा छलफल हुनेछ। बैठकमा पार्टीका तर्फबाट संसद्मा प्रस्तुत हुने एजेन्डाहरू र सरकारका कामकारबाहीबारे समेत समीक्षा हुनेछ।

ADVERTISEMENT