काठमाडौं । कांग्रेसको पूर्वसभापति शेरबहादुर देउवा समूहले देशभरका ३ हजार बढी वडामा अधिवेशन सम्पन्न गरेको छ ।

सो समूहका निर्वाचन समिति संयोजक एगराज पोखरेलले बिहीबार साँझ एक विज्ञप्ति जारी गर्दै पहिलो दिन ३ हजार १९१ वडामा अधिवेशन सम्पन्न भएको जनाएका छन् ।

ADVERTISEMENT

विज्ञप्तिअनुसार कोशी प्रदेशमा ५७७ वडा, मधेश प्रदेशमा ४०२ वडा, बागमती प्रदेशमा ५६३ वडा, गण्डकी प्रदेशमा ३८६ वडा, लुम्बिनी प्रदेशमा ५५० वडा, कर्णाली प्रदेशमा २५७ वडा र सुदूरपश्चिम प्रदेशमा ४५६ वडामा अधिवेशन सम्पन्न भएको छ ।

ADVERTISEMENT

यस्तै, विज्ञप्तिमा बाँकी वडामा असोज १८ गतेसम्म अधिवेशन जारी रहने बताइएको छ ।

No description available.

ADVERTISEMENT