काठमाडौँ । डा. गोविन्द केसीले सरकारले वार्ताका लागि पठाएको टोलीसँग छलफल गर्न अस्वीकार गरेका छन्। बुधबार साँझ वार्ताका लागि शिक्षण अस्पताल पुगेको सरकारी टोलीलाई उनले आफ्ना पूर्वसर्त सुनाउँदै फर्काएका हुन्।

डा. केसीले शिक्षा मन्त्री वा प्रधानमन्त्रीको नेतृत्वमा गठन भएको टोलीसँग मात्रै वार्ता गर्ने बताएका छन्। यसअघि २०८३ साउन ११ गते भएको सहमतिमा दुई सचिवले हस्ताक्षर गरे पनि राजनीतिक नेतृत्वले त्यसलाई अपनत्व नलिएको र कार्यान्वयन प्रक्रिया अघि नबढाएको उनको भनाइ छ।

ADVERTISEMENT

उनले विगतका सहमति कार्यान्वयन गर्ने अधिकारसहित राजनीतिक तहबाट गठन भएको टोलीसँग मात्रै वार्तामा बस्ने स्पष्ट पारेका छन्।

ADVERTISEMENT

त्यसैगरी, नयाँ वार्ता सुरु गर्नुअघि अघिल्लो सत्याग्रहका क्रममा सरकारसँग भएको सहमति कार्यान्वयन हुनुपर्ने उनको पूर्वसर्त छ। पुराना सहमति कार्यान्वयन नभएसम्म नयाँ सहमति र वार्ता अघि बढाउन नसकिने अडान उनले दोहोर्‍याएका छन्।

डा. केसीले सरकारी टोलीलाई आफ्नो अडानबाट पछि नहट्ने सन्देश दिएका छन्।