काठमाडौं । नेपाली बजारमा मंगलबार सुन र चाँदी दुवैको मूल्यमा वृद्धि भएको छ । मंगलबार सुनको मूल्य प्रतितोला ३ हजार ५ सय रुपैयाँले बढेको हो ।
यससँगै सुनको मूल्य प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार सुनको मूल्य प्रतितोला ३ लाख १ हजार ९ सय रुपैयाँ थियो ।
यस्तै, चाँदीको मूल्य प्रतितोला चाँदीको मूल्य १०० रुपैयाँले बढेको छ ।
आज चाँदी प्रतितोला ४ हजार ७ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदीको मूल्य ४ हजार ६ सय ९० रुपैयाँ थियो ।












