काठमाडौं । सौन्दर्य तथा व्यक्तिगत हेरचाहसम्बन्धी ब्रान्ड मामाअर्थले बाढी प्रभावित नेपाली परिवारको सहयोगका लागि प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा २१ लाख रुपैयाँ सहयोग गरेको छ।
मामाअर्थ नेपालका महाप्रबन्धक शावन जायसवालले गायत्री डिस्ट्रिब्युटर्सका अध्यक्ष महेश कुमार रानसारियासहित अर्थमन्त्री स्वर्णिम वाग्लेलाई भेटेर सहयोग रकमको चेक हस्तान्तरण गरेका हुन्।
चेक हस्तान्तरण गर्दै महाप्रबन्धक जायसवालले नेपालले वर्षौंदेखि मामाअर्थप्रति देखाउँदै आएको माया र विश्वासप्रति आभार व्यक्त गरे। संकटको समयमा नेपाली परिवारको साथमा उभिनु आफ्नो कर्तव्य भएको उनले बताए।
बाढीबाट प्रभावित परिवार पुनर्निर्माणमा जुटिरहेका बेला कम्पनीको सहयोगले राहत तथा पुनर्स्थापनाका प्रयासमा योगदान पुग्ने विश्वास लिइएको छ। मामाअर्थले प्रभावित परिवारप्रति ऐक्यबद्धता जनाउँदै आफूहरू उनीहरूको साथमा रहेको जनाएको छ।






