काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा उच्च गिरावट आएको छ । बजारमा बिक्री चाप हाबी हुँदा नेप्से परिसूचक ३२.१६ अंकले घटेर २५९६.७४ विन्दुमा बन्द भएको हो।

कुल २३ कम्पनीको सेयर मूल्य बढ्यो भने २२५ कम्पनीको मूल्य घट्यो । आइतबार ८७ हजार ३०२ पटकको सेयर किनबेचबाट नौ अर्ब १४ करोड ५८ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

ADVERTISEMENT

होटल तथा पर्यटन, जलविद्युत्, जीवन बिमालगायत सबै उपसमूहहरु घट्यो । जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको ९.९८, सप्तकोशी विकास बैंक ५.६०, एनआईसी एसिया डेबेञ्चरको ५.४५, गुँरास लघुवित्तको ३.४० र सिभिल बैंक डेबेञ्चरको सेयर मूल्य २.९३ प्रतिशतले बढेको छ ।

पियोर इनर्जीको मूल्य १० प्रतिशतले घटेर सर्किट ब्रेक लाग्यो । युनियन हाइड्रोपावरको ६.२४, रसुवागढी हाइड्रोपावर कम्पनीको ५.४८, हिमालय ऊर्जा विकास कम्पनीको ५.३३, मध्य भोटेकोशी जलविद्युत् कम्पनीको ५.२० प्रतिशतले मूल्य घट्यो ।

कारोबार रकमका आधारमा दोर्दी खोला जलविद्युत् कम्पनी, बुटवल पावर कम्पनी, राधी विद्युत् कम्पनी, सानिमा माई हाइड्रोपावर र ङादी ग्रुप पावर अघि रह्यो । दोर्दी खोला जलविद्युत् कम्पनीको ७५ करोड ७३ लाख ९७ हजार रुपैयाँको कारोबार भएको छ ।