काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) सभापति रवि लामिछानेले सर्वदलीय बैठक बाेलाएका छन् ।
भाेलि बिहान ९ बजे रास्वपा संसदीय दलको कार्यालय, सिंहदरबारमा बस्ने गरी बैठक बाेलाइएकाे महामन्त्री विपिन आचार्यले बताए ।
बैठकमा भोटेकोशी बाढीले निम्त्याएकाे क्षति, खोजी, उद्वार, राहत र पुनस्थापना लगायत विषयमा छलफल हुनेछ ।






