विराटनगर । नेपाली कम्युनिस्ट पार्टीले कोशी प्रदेश सरकारमा सहभागी हुने आफ्ना मन्त्रीहरूको नाम टुंगो लगाएको छ। पार्टीले आन्तरिक छलफलपछि सोमबार चार मन्त्री र एक राज्यमन्त्रीको नाम तय गरेको हो।

नेकपा कोशी प्रदेश इञ्चार्ज राजेन्द्र राईका अनुसार जीवन आचार्यलाई भौतिक पूर्वाधार विकास मन्त्री बनाइने भएको छ। आचार्य यसअघि पनि प्रदेश सरकारमा मन्त्री भइसकेका छन्। उनी नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’का छोरीज्वाइँ हुन्।

त्यस्तै गीता तिम्सिनालाई सामाजिक विकास मन्त्री, गोम्बु शेर्पालाई आन्तरिक मामिला तथा कानुन मन्त्री र खिनु लङ्वा लिम्बुलाई पर्यटन, वन तथा वातावरण मन्त्री बनाउने निर्णय भएको छ।

ADVERTISEMENT

सपना दर्जीलाई भौतिक पूर्वाधार राज्यमन्त्री बनाइने भएको छ। प्रदेश इञ्चार्ज राईका अनुसार नयाँ मन्त्रीहरूको सपथ आजै अपराह्न ४ बजे गराउने तयारी छ।

ADVERTISEMENT