काठमाडौं । नेपालमा पछिल्लो समय बीमा त्याग रकममा कमी आएको छ । नेपाल बीमा प्राधिकरणका अनुसार आर्थिक वर्ष २०८२/०८३ मा कुल १३ अर्ब ७७ करोड १९ लाख रुपैयाँ बराबरको बीमा रकम त्याग भएको छ ।

यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ९ दशमलव १२ प्रतिशतले कम हो । अघिल्लो आवमा कुल १५ अर्ब १५ करोड २१ लाख रुपैयाँ बराबरको बीमा त्याग भएको थियो ।

प्राधिकरणका अनुसार पछिल्लो समय बीमा पोलीसी त्याग गर्नेको संख्यामा पनि केही कमी आएको छ । सो अनुसार २०८२ असार मसान्तसम्ममा कुल एक लाख आठ हजार दुई सय ३८ वटा बीमा पोलिसी त्याग भएको थियो । यो संख्या गत आवको तुलनामा १६ दशमलव ४९ प्रतिशतले कम हो । गत आवमा कुल ९० हजार तीन सय ८७ वटा मात्र बीमा पोलिसी त्याग भएको छ ।

ADVERTISEMENT

प्राधिकरणका अनुसार आव २०८२/०८३ मा सञ्चालनमा रहेका १४ वटा जीवन बीमा कम्पनीहरुमा कुल सक्रिय जीवन बीमालेखको संख्या भने एक करोड १८ लाख ५० हजार तीन सय ९१ वटा रहेको छ । सक्रिय रहेका सोही बीमालेखमार्फत जीवन बीमा कम्पनीहरुले उक्त अवधिमा कुल दुई खर्ब एक करोड ९१ लाख आठ हजार रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा १२ दशमलव ४३ प्रतिशतले कम हो । अघिल्लो आवमा जीवन बीमा कम्पनीहरुले कुल एक खर्ब ७७ अर्ब ९० करोड ६३ लाख रुपैंयाँ बराबरको कुल बीमाशुल्क आर्जन गरेका छन् ।

ADVERTISEMENT

प्राधिकरणका अनुसार आव २०८२/०८३ व्यतित बीमालेख अर्थात् नवीकरण नगरिएको बीमालेखको संख्या भने १० लाख तीन हजार ४० रहेको छ । यो संख्या अघिल्लो आवको तुलनामा १७ दशमलव १६ प्रतिशतले कम हो । अघिल्लो आवमा कुल १२ लाख ४३ हजार तीन सय ६५ व्यतित बीमालेख रहेको थियो ।

यसैगरी व्यतित बीमालेख अर्थात नविकरण नगरिएको बीमालेख रकम भने २०८३ असार मसान्तसम्ममा कुल ३९ अर्ब २४ करोड ७२ लाख एक हजार रुपैयाँ पुगेको छ । यो रकम अघिल्लो आवको तुलनामा १२ दशमलव शुन्य आठ प्रतिशतले बढी हो । अघिल्लो आवमा बीमा कम्पनीहरुमा कुल व्यतित बीमालेख रकम ३५ अर्ब एक करोड ७७ लाख ६६ हजार रुपैयाँ रहेको थियो ।