काठमाडौं । सञ्चालनमा रहेका १४ वटा जीवन बीमा कम्पनीहरूले कुल ३६ अर्ब ५८ करोड २० लाख रुपैयाँ बराबरको कुल बीमाशुल्क आर्जन गरेका छन्। नेपाल बीमा प्राधिकरणका अनुसार चालु आर्थिक वर्षको पछिल्लो नौ महिनाको अवधिमा जीवन बीमा कम्पनीहरूले कुल २२ लाख नौ हजार नौ सय ८६ वटा बीमालेख जारी गरी उक्त परिमाणमा बीमाशुल्क आर्जन गरेका हुन्। यो रकम गत आवको सोही अवधिको तुलनामा १३ दशमलव ८६ प्रतिशतले बढी हो। गत आवको सोही अवधिमा जीवन बीमा कम्पनीहरूले कुल २२ अर्ब १२ करोड ९९ लाख रुपैयाँ बराबरको बीमाशुल्क आर्जन गरेका थिए।
प्राधिकरणका अनुसार चालु आवको चैत मसान्तसम्ममा नेपाल इन्स्योरेन्स कम्पनीले एक लाख ४६ हजार नौ सय २३ वटा बीमालेख जारी गरी एक अर्ब ६६ करोड ८६ लाख ९४ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। यस अवधिमा लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआईसी) नेपालले ३४ हजार दुई सय ११ वटा बीमालेख जारी गरी दुई अर्ब ४२ करोड ६८ लाख दुई हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। राष्ट्रिय बीमा कम्पनीले यस अवधिमा २३ हजार चार सय ४५ वटा बीमालेख जारी गरी एक अर्ब १४ करोड ७९ लाख दुई हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। नेशनल इन्स्योरेन्स कम्पनीले १९ हजार पाँच सय ८३ वटा बीमालेख जारी गरी ९८ करोड १२ लाख ४३ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। नेको इन्स्योरेन्स कम्पनीले दुई लाख २५ हजार दुई सय ७९ वटा बीमालेख जारी गरी दुई अर्ब ७२ करोड ९१ लाख ९१ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ।
प्राधिकरणका अनुसार प्रभु इन्स्योरेन्स कम्पनीले चालु आवको चैत मसान्तसम्ममा ८४ हजार चार सय २१ वटा बीमालेख जारी गरी एक अर्ब ३६ करोड ८१ लाख ७२ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। शिखर इन्स्योरेन्स कम्पनीले यस अवधिमा दुई लाख ३८ हजार ५६७ वटा बीमालेख जारी गरी चार अर्ब ८० करोड १२ लाख ९८ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। एनएलजी इन्स्योरेन्स कम्पनीले पनि यस अवधिमा एक लाख ६१ हजार आठ सय ३३ वटा बीमालेख जारी गरी तीन अर्ब एक करोड पाँच लाख ८७ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीले दुई लाख ४९ हजार आठ सय ६७ वटा बीमालेख जारी गरी तीन अर्ब ७४ करोड ३० लाख ५२ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। सानिमा जिआइसी इन्स्योरेन्स कम्पनीले पनि ९५ हजार ७० वटा बीमालेख जारी गरी दुई अर्ब आठ करोड १७ लाख ८५ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीले दुई लाख ५ हजार पाँच सय ८८ वटा बीमालेख जारी गरी तीन अर्ब १२ करोड नौ लाख २८ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ।
प्राधिकरणका अनुसार सगरमाथा इन्स्योरेन्स कम्पनी (सलिको) ले पनि चालु आवको चैत मसान्तसम्ममा दुई लाख एक हजार आठ सय ३८ वटा बीमालेख जारी गरी तीन अर्ब ८३ करोड २३ लाख ६७ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले पनि यस अवधिमा एक लाख ७१ हजार चार सय ५३ वटा बीमालेख जारी गरी तीन अर्ब १० करोड ३३ लाख ६७ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। युनाइटेड अजोड इन्स्योरेन्स कम्पनीले पनि चालु आवको नौ महिनामा तीन लाख ५६ हजार सात सय ३८ वटा बीमालेख जारी गरी दुई अर्ब ५६ करोड ४६ लाख ४७ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ।
चालु आवको चैत मसान्तसम्म जीवन बीमा कम्पनीहरूले आर्जन गरेको बीमाशुल्क रकम (रु लाखमा)

(श्रोत:नेपाल बीमा प्राधिकरण)






