काठमाडौँ । नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य आज प्रतितोला नौ सय रुपैयाँले वृद्धि भई दुई लाख ९६ हजार नौ सय रुपैयाँ कायम भएको छ । अघिल्लो कारोबार दिन सुनको मूल्य प्रतितोला दुई लाख ९६ हजार रुपैयाँ कायम थियो ।
यसैगरी, चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले बढेर चार हजार ५८० रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदी प्रतितोला चार हजार ५७० रुपैयाँमा कारोबार भएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा आज सुनको मूल्य प्रतिऔँस चार हजार २६२ र चाँदीको मूल्य प्रतिऔँस ५८ अमेरिकी डलर कायम भएको छ ।





