काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले शुक्रबार नयाँ रेकर्ड बनाएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा दुई हजार पाँच सय रुपैयाँले बढेर दुई लाख १० हजार चार सय रुपैयाँमा कारोबार भइरहेको छ । जुन अहिलेसम्मकै उच्च मूल्य हो ।
गत हप्ताको शुक्रबारदेखि लगातार बढिरहेको सुनको मूल्य बिहीबार भने दुई लाख सात हजार नौ सय रुपैयाँमा कारोबार हुँदै स्थिर रहेको थियो ।

ADVERTISEMENT

आज चाँदीको मूल्य पनि बढेको छ । तोलामा १० रुपैयाँले बढेर चाँदी दुई हजार चार सय ९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । सुनचाँदी व्यवसायीहरूले सुन र चाँदीको मूल्य अझै बढ्ने बताउने गरेका छन् ।

नेपालमा सुनको मूल्य बढ्नुलाई अन्तर्राष्ट्रिय बजारमा आएको फेरबदललाई मान्ने गरिएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्य बढेको छ ।

ADVERTISEMENT