काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ४०० रुपैयाँ वृद्धि भएको हो ।
आइतबार एक लाख ९२ हजार ९०० रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला एक लाख ९३ हजार ३०० रुपैयाँ कायम भएको छ ।
आज चाँदीको मूल्य पनि बढेको छ । आइतबार तोलामा दुई हजार २८५ रुपैयाँ कायम भएको चाँदी बढेर तोलामा २ हजार ३१५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।







