काठमाडौं । नेपाली बजारमा सुनको मूल्य तोलामा तीन लाख २८ हजार रुपैयाँ नाघेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघ का अनुसार मंगलबार छापावाल सुनको मूल्य प्रतितोला ३ लाख २८ हजार ६ सय रुपैयाँ कायम भएको छ भने प्रतिदश ग्राम २ लाख ८१ हजार ७ सय २० रुपैयाँ निर्धारण गरिएको छ।

यसअघि आइतबार प्रतितोला ३ लाख २० हजार ५ सय रुपैयाँ रहेको सुनको मूल्य मंगलबार एकैपटक ८ हजार १ सय रुपैयाँले बढेको हो। सार्वजनिक बिदा परेकाले सोमबार भने मूल्य निर्धारण गरिएको थिएन।

ADVERTISEMENT

महासंघका अनुसार चाँदीको मूल्य भने घटेको छ। मंगलबार चाँदी प्रतितोला ५ हजार ८ सय १५ रुपैयाँ तथा प्रतिदश ग्राम ४ हजार ९ सय ८५ रुपैयाँ कायम भएको छ। आइतबार चाँदी प्रतितोला ५ हजार ९ सय ८५ रुपैयाँ थियो।

अन्तर्राष्ट्रिय बजारमा भइरहेको मूल्य उतारचढावको प्रभाव स्थानीय बजारमा पनि देखिएको महासंघले जनाएको छ।

ADVERTISEMENT