काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य सामान्य घटेको छ । चाँदीको मूल्य भने बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य तोलाको एक सय रुपैयाँले घटेर दुई लाख ९३ हजार सात रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार सुन तोलाको दुई लाख ९३ हजार आठ सय रुपैयाँ कारोबार भएको थियो।

ADVERTISEMENT

आज चाँदीको मूल्य भने बढेको छ। चाँदी तोलाको ६५ रुपैयाँले बढेर पाँच हजार ११५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। यसअघि बिहीबार चाँदी तोलाको पाँच हजार ५० रुपैयाँमा कारोबार भएको थियो।