मनसुनको अवसर पारेर एनसेलले आफ्ना प्रिपेड ग्राहकका लागि नयाँ ‘मनसुन अफर’ सार्वजनिक गरेको छ। अफरअन्तर्गत योग्य प्याक वा नयाँ प्रिपेड सिम खरिद गर्ने ग्राहकले ५ प्रतिशतदेखि २० प्रतिशतसम्म तत्काल क्यासब्याक प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ।

योजनाअनुसार ग्राहकले रु. ५० वा सोभन्दा माथिको योग्य प्याक एक्टिभेट गरेपछि रिवार्ड पुष्टि गर्ने एसएमएस प्राप्त गर्नेछन्। त्यसपछि क्यासब्याक रकम एनसेल एपमा रहेको ग्राहकको खातामा जम्मा हुनेछ। ग्राहकले उक्त रिवार्ड २४ घण्टाभित्र दाबी गर्नुपर्नेछ भने प्राप्त क्यासब्याक एक साताभित्र प्रयोग गरिसक्नुपर्ने व्यवस्था गरिएको छ।

कम्पनीका अनुसार प्रत्येक योग्य प्याक खरिदमा क्यासब्याक उपलब्ध हुनेछ। यद्यपि, यो रिवार्ड अर्को व्यक्तिलाई हस्तान्तरण गर्न वा नगदमा साट्न मिल्ने छैन। भने, विभिन्न खरिदबाट प्राप्त भएका रिवार्ड भने ग्राहकले संकलन गरेर प्रयोग गर्न सक्नेछन्।

ADVERTISEMENT

अफरअन्तर्गत रु. ५० देखि ९९ सम्मको प्याकमा ५ प्रतिशत, रु. १०० देखि २०० सम्ममा १० प्रतिशत, रु. २०१ देखि ४९९ सम्ममा १५ प्रतिशत र रु. ५०० वा सोभन्दा माथिको प्याकमा २० प्रतिशतसम्म क्यासब्याक प्रदान गरिने कम्पनीले जनाएको छ।

ADVERTISEMENT

एनसेलका चिफ कन्ज्युमर बिजनेस अफिसर उपाङ्ग दत्तले यो अभियानले ग्राहकलाई थप मूल्य प्रदान गर्नुका साथै एनसेल एपमार्फत उपलब्ध हुने विभिन्न डिजिटल सेवा र साझेदारी सुविधासँग जोड्ने उद्देश्य राखेको बताए। कम्पनीका अनुसार सीमित अवधिका लागि सञ्चालन हुने यो अफर प्रिपेड ग्राहकका लागि मात्र उपलब्ध हुनेछ।