काठमाडौं, – राजधानीस्थित लैनचौरमा रहेको एनसेल (Ncell) कम्पनीमा आगजनी भएको छ। आज बिहानै देखि सुरु भएको प्रदर्शनका क्रममा युवाहरुले कम्पनीको कार्यालय अगाडि तोडफोड गर्दै आगजनी गरेका हुन्।
प्रत्यक्षदर्शीका अनुसार, “जेन जी ” पुस्ताले हालैका आन्दोलनलाई निरन्तरता दिँदै एनसेललाई पनि निशाना बनाएका हुन्। उनीहरूले राज्यको टेलिकम क्षेत्रमा ठुलो हिस्सा ओगटेर बसेको भन्दै कम्पनीविरुद्ध आक्रोस प्रकट गरेका थिए।
आगजनीका कारण कार्यालयको ठुलो क्षति पुगेको बताइए पनि हालसम्म मानवीय क्षतिको विवरण आएको छैन।











