सिरहा । सुनसरीमा दुई समुदायबीच भएको झडपको प्रभाव सिरहामा पनि देखिएको छ। दुई पक्षबीच तनाव बढ्दै झडप भएपछि स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेको छ।

कर्फ्यु लागू भए पनि प्रदर्शन रोकिएको छैन। प्रदर्शन उग्र बन्दै गएपछि आगजनी र तोडफोडका घटना भएका छन्। स्थिति नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको जनाएको छ।

ADVERTISEMENT

प्रदर्शनका क्रममा दुई जना घाइते भएका छन्। उनीहरूलाई उपचारका लागि स्थानीय अस्पतालमा भर्ना गरिएको छ।

ADVERTISEMENT

यसैबीच, प्रदर्शनकारीले एक मोटरसाइकल ग्यारेजबाट मोटरसाइकल निकालेर आगजनी गरेका छन्। आगलागीबाट ११ वटा मोटरसाइकल पूर्ण रूपमा नष्ट भएको प्रहरीले जनाएको छ।

प्रहरीले क्षेत्रको सुरक्षा व्यवस्था कडा बनाएको छ भने अवस्था नियन्त्रणमा लिन प्रयास जारी रहेको जनाएको छ।

ADVERTISEMENT