काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । चाँदीको भने घटेको छ। छापावाल सुन प्रतितोला आठ सय रुपैयाँ बढेको छ भने चाँदी प्रतितोला १० रुपैयाँले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८४ हजार रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार सुन प्रतितोला दुई लाख ८३ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो।

ADVERTISEMENT

आज चाँदी प्रतितोला चार हजार ३१० रुपैयाँमा कारोबार भइरहेको छ। बुधबारको बजारमा चाँदी प्रतितोला चार हजार ३२० रुपैयाँमा कारोबार भएको थियो।

ADVERTISEMENT

गत माघ १५ गते सुनको भाउ तोलामा २० हजार पाँच सय रुपैयाँ बढेर तीन लाख ३९ हजार तीन सय रुपैयाँ पुगेको थियो। नेपाली बजारमा सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो।