काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य सामान्य घटेको छ । चाँदीको भाउ भने झिनो वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन प्रतितोला पाँच सय रुपैयाँ घटेको छ । चाँदी प्रतितोला पाँच रुपैयाँले बढेको छ ।
महासंघका अनुसार आज छापावाल सुन प्रतितोला तीन लाख ६ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार सुन प्रतितोला तीन लाख ६ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदी प्रतितोला चार हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ। बुधबा चाँदी प्रतितोला चार हजार ७४५ रुपैयाँमा कारोबार भएको थियो।









