काठमाडौं । चलचित्र विकास बोर्डले प्रदर्शनरत नेपाली फिल्महरूको गत सातासम्मको बक्स अफिस विवरण सार्वजनिक गरेको छ। सार्वजनिक तथ्यांकअनुसार ‘गौंथली’ ले कमाइमा स्पष्ट अग्रता कायम गरेको छ।

आइतबार मध्यरात १२ बजेसम्मको विवरणअनुसार कपिल रिजाल निर्देशित सामाजिक कथामा आधारित फिल्म ‘गौंथली’ ले प्रदर्शनको १० दिनमै ७ करोड ४२ लाख ७३ हजार ८५९ रुपैयाँ ग्रस कमाइ गरेको छ। यही अवधिमा फिल्म २ लाख ६० हजार २५४ दर्शकले हेरेका छन्।

ADVERTISEMENT

दोस्रो शनिबार मात्रै फिल्मले करिब डेढ करोड रुपैयाँ हाराहारीको व्यापार गरेको थियो। शनिबार र आइतबारको सार्वजनिक बिदाका कारण फिल्मको कलेक्सनमा उल्लेखनीय वृद्धि भएको बोर्डको तथ्यांकले देखाएको छ। यही गति कायम रहे फिल्मले चाँडै १० करोड रुपैयाँ ग्रस कमाइको आँकडा पार गर्ने अपेक्षा गरिएको छ।

यता, सोही अवधिमा प्रदर्शनरत अर्को नेपाली फिल्म ‘रोल नं १’ ले देशभरबाट १ करोड ७८ लाख रुपैयाँ ग्रस कमाइ गरेको छ।

ADVERTISEMENT

त्यसैगरी, ‘भागदौड’ ले भने हालसम्म १ लाख रुपैयाँ मात्र ग्रस कमाइ गरेको चलचित्र विकास बोर्डले जनाएको छ।