काठमाडौं।  काठमाडौँ महाराजगन्जमा एक माइक्रो गाडीले ८ वटा गाडीलाई ठक्कर दिएको छ। दुर्घटनामा एक जनाको मृत्यु भएको छ।

दुर्घटनामा लमजुङका रामकृष्ण अवालको मृत्यु भएको काठमाडौँ प्रहरी प्रवक्ता पवन भट्टराईले जानकारी दिए। दुर्घटनामा ६ जना घाइते भएका छन्।

ADVERTISEMENT

उनका अनुसार  महाराजगञ्जबाट सुकेधारातर्फ जाँदै गरेको सो माइक्रोले दुई वटा ट्याक्सी, पिकअप भ्यान, बसलगायतका गाडीलाई ठक्कर दिएको थियो।