काठमाडौं । महालक्ष्मी विकास बैंकले वित्तीय साक्षरता, शिक्षा, स्वास्थ्य, दैवी प्रकोप व्यवस्थापन, वातावरण संरक्षण, सांस्कृतिक प्रबद्र्धन, पुर्वाधार निर्माण÷सुधार, दिगो विकास लक्ष्य, मानव सेवा तथा परोपकार कार्य जस्ता क्षेत्रमा विविध कार्यक्रम सम्पन्न गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत कार्यक्रम सञ्चालन गर्ने नीतिअनुरुप कार्यक्रम सम्पन्न गरेको हो ।
बैंकले झापाको मेचीनगर नगरपालिका–७, मा रहेको पृथ्वी माध्यमिक विद्यालय, बागलुङको बरेङ गाउँपालिका–४ मा रहेको सल्यान सुखौरा माध्यमिक विद्यालय, मकवानपुरको हेटौंडामा रहेको वंशगोपाल आधारभूत विद्यालय, चितवनको गंैडाकोट–१ मा रहेको नवदुर्गा आधारभूत विद्यालयमा अध्ययनरत छात्राहरुलाई आधुनिक शौचालय निर्माण गर्न विभिन्न रोटरी क्लबमार्फत आर्थिक सहयोग गरेको छ ।
बैंकको शाखा कार्यालय बेलौरीमार्फत शुक्लाफाँटा नगरपालिका–१ स्थित कञ्चनपुरमा रहेको कृष्ण आधारभूत विद्यालयमा अध्ययनरत गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई ८० थान भोला वितरण गरेको छ । विद्यार्थीहरुलाई अध्ययनमा सहजता होस् भन्ने उद्देश्यका साथअसार १२ गते विद्यालय भोलाहरु वितरण गरिएको हो ।
त्यसैगरी, बाराको जीतपुर सिमरा उपमहानगरपालिका–२ मा रहेको सिमरा कलेजमा शैक्षिक पक्षको थप विकास र पठनपाठन कार्यलाई थप प्रविधिमैत्री बनाउन सहयोग पु¥याउने उद्देश्यका साथ यस बैंकको शाखा कार्यालय सिमरामार्फत एक थान ल्यापटप सहयोग गरिएको छ । आर्थिक स्रोतको अभावले गुणस्तरीय शिक्षा प्रदान गर्नबाट कोही वञ्चित हुन नपरोस् भन्ने उद्देश्यका साथ उक्त सहयोग गरिएको हो ।
त्यसैगरी बझाङको केदारस्यूँ–४ बागथलामा रहेको शिक्षोदय माध्यमिक विद्यालयको किशोरकिशोरी मैत्री सूचना केन्द«लाई आवश्यक पर्ने विभिन्न सामग्री जस्तै थर्मोमिटर, विपी सेट, प्राथमिक उपचार बाकस, स्ट्रेचरलगायतका स्वास्थ्य तथा खेलकुद सामग्री खरिद गर्न आर्थिक सहयोग गरिएको छ ।
त्यसैगरी, पाल्पा रिब्दिकोट गाउँपालिका–४ मा रहेको भैरवनाथ मन्दिरमा फोहोरको प्रभावकारी रुपमा व्यवस्थापन गर्न १० थान डस्टविन हस्तान्तरण गरिएको बैंकले जनाएको छ । मकवानपुरको भीमफेदीस्थित राष्ट्रिय माध्यमिक विद्यालयमा आरओसहितको पिउने पानी संरचना निर्माणका लागि बैंकको शाखा कार्यालय हेटौंडामार्फत आर्थिक सहयोग गरिएको छ । साथै, संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत रौतहटको चन्द्रपुरस्थित नेपाल राष्ट्रिय प्राथमिक विद्यालयलाई सेतो डिजिटल बोर्ड प्रदान गरिएको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।





