काठमाडौं । सरकारले मंगलबारको मन्त्रिपरिषदको बैठकबाट ६ जना सचिवहरूको सरूवा गरेको छ। मुख्य सचिव गोविन्दबहादुर कार्की र मन्त्रीहरूको सल्लाहबमोजिम सचिवहरूको सरूवा गरिएको हो।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्णबहादुर राउतलाई महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षा मन्त्रालय, महिला मन्त्रालयकी सचिव राधिका अर्याललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, अख्तियार दुररुपयोग अनुसन्धान आयोगका सचिव नारायणप्रसाद शर्मा दुवाडीलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सरुवा गरिएकाे थियाे ।

ADVERTISEMENT

यस्तै प्रधानमन्त्री कार्यालयका सचिव डिल्लीराम शर्मालाई अख्तियार र राष्ट्रिय सतर्कता केन्द्रका सचिव दीनानाथ मिश्रलाई विज्ञान प्रविधि तथा नवप्रवर्द्धन मन्त्रालय र नवप्रवर्द्वन मन्त्रालयका सचिव विश्वबाबु पुडासैनीलाई राष्ट्रिय सतर्कता केन्द्रमा सरूवा गरिएको छ।

ADVERTISEMENT