काठमाडौं । जर्मनीका लागि नेपाली राजदूत डा. शैल रुपाखेतीले पदबाट राजीनामा दिएका छन्।उनले गत बुधबार दिएको राजीनामा बिहीबार शिशिर खनाल ले स्वीकृत गरेको परराष्ट्र मन्त्रालय ले जनाएको छ।

सुशीला कार्की नेतृत्वको सरकारले यसअघि ११ देशका राजदूतहरूलाई फिर्ता बोलाउने निर्णय गरेको थियो। उक्त निर्णयविरुद्ध राजदूतहरूले सर्वोच्च अदालत मा रिट दायर गरेका थिए।

ADVERTISEMENT

रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले निर्णय कार्यान्वयन नगर्न आदेश दिएपछि परराष्ट्र मन्त्रालयले पदबाट हट्न नचाहेका राजदूतहरूलाई मन्त्रालयमै छुट्टै कार्यकक्षको व्यवस्था गरी हाजिर गराउँदै आएको थियो।

ADVERTISEMENT

राजदूत रुपाखेती पनि लामो समयसम्म राजीनामा नदिई मन्त्रालयमा हाजिर हुँदै आएका थिए।राजीनामा पत्रमा उनले लेखेका छन्, “एक कानुन पालन गर्ने नागरिकका रूपमा मैले सर्वोच्च अदालतको मान राखी उक्त आदेशको पालना गर्नु आफ्नो कर्तव्य ठानेँ र तत्कालीन सरकारले पठाएको दोस्रो पत्र बमोजिम नेपाल फर्केर परराष्ट्र मन्त्रालयमै हाजिर भएँ।”

उनले परराष्ट्र मन्त्रालयमा हाजिर भएको अवधिभर कुनै पनि तलब तथा सुविधा नलिएकोसमेत उल्लेख गरेका छन्।

ADVERTISEMENT