काठमाडौँ । काठमाडौं महानगरपालिकाले जमिनमुनि पानी रिचार्ज तरिकाले हनुमानढोका दरबार क्षेत्रमा महिनौं आगाडी कङ्क्रिट हटाउने काम सुरु गरेको क्षेत्रमा पुनः सिमेन्ट हालेर कङ्क्रिट बनाउने काम भए पछि स्थानीय र सम्पदा संरक्षणकर्ताहरुले विरोध जनाएका छन् ।

महानगरले सम्पदा क्षेत्रअन्तर्गत पर्ने सडक विस्तारमा पुरानो ढुङ्गा र कङ्क्रिट हटाएर ‘वाटर रिचार्जेबल’ संरचना बनाउने भनिएको थियो। तर, सोही क्षेत्रमा पुरानो कालोपत्रे पिचनहटाईकन सीधै सिमेन्ट थपेर कन्क्रिट हाल्न लागिएको दृश्य सार्वजनिक भएपछि आलोचना चुलिएको हो।

ADVERTISEMENT

स्थानीयबासी र सरोकारवालाहरूको गुनासोपछि काठमाडौं महानगरकी उप–मेयर सुनिता डंगोल आफैँ स्थलगत निरीक्षणमा पुगेकी थिइन्। तत्पश्चात दरबार क्षेत्रको कङ्क्रिट पुनः हटाउन थालिएको छ ।