काठमाडौँ। नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले विभिन्न ६ वटा उपसमिति गठन गरी संयाेजक चयन गरिएकाे छ ।
नेपाली कांग्रेसका उपसभापति तथा प्रतिष्ठानका प्रमुख विश्वप्रकाश शर्माको अध्यक्षतामा असार २५ र २६ गते सम्पन्न प्रतिष्ठानको पाँचौँ बैठकले प्रमुखको प्रस्तावअनुसार विभिन्न उपसमितिका संयोजक चयन गर्ने निर्णय गरेको हो।
निर्णयअनुसार अपाङ्गता संवाद, समन्वय तथा सशक्तीकरण उपसमितिको संयोजकमा प्रकाश पन्थ, आदिवासी जनजाति संवाद, समन्वय तथा सशक्तीकरण उपसमितिको संयोजकमा रेशम गुरुङ, दुर्व्यसनमुक्त समाजका लागि सचेतना तथा समन्वय उपसमितिको संयोजकमा डा. डी.बी. सुनार, पूर्व आप्रवासी समन्वय तथा अभिप्रेरणा अभियान उपसमितिको संयोजकमा विज्ञान प्रसाईं, सार्थक सम्प्रेषण उपसमितिको संयोजकमा मोहन गजुरेल तथा कृषि तथा कृषि उद्यम उपसमितिको संयोजकमा सिताराम काफ्ले चयन भएका छन्।




