काठमाडौं । साविक विजेता अर्जेन्टिना फिफा विश्वकप २०२६ को सेमिफाइनलमा प्रवेश गरेको छ । स्विट्जरल्यान्डलाई ३–१ गोलअन्तरले हराउँदै अर्जेन्टिना सेमिफाइनलमा प्रवेश गरेको हो ।

९० मिनेटको समयसम्म १–१ गोल भएपछि खेल ३० मिनेट अतिरिक्त समयमा पुगेको थियो । अर्जेन्टिनाले दुवै गोल अतिरिक्त समयमा गरेर १० खेलाडीमा सीमित स्विट्जरल्यान्डलाई रोक्दै लगातार सेमिफाइनलमा प्रवेश गरेको हो ।

ADVERTISEMENT

यसअघि अर्जेन्टिनाले १० औँ मिनेटमा एलेक्सिस ग्याक एलिस्टरको गोलमार्फत अग्रता लिएको थियो । कप्तान लियोनेल मेस्सीको असिस्टमा भएको उक्त गोललाई स्विट्जरल्यान्डले ६७ औँ मिनेटमा ड्यान एन्डोयेको गोलमार्फत बराबरीमा परिणत गरेको थियो ।

स्विट्जरल्यान्ड ७२औँ मिनेटदेखि ब्रिल एम्बोलो दोस्रो पहेँलो कार्डपछि रातो कार्ड पाउँदै १० खेलाडीमा सीमित छ । एक खेलाडी बढी भएको अर्जेन्टिनाले खेलको अन्त्यतिर त्यसको फाइदा उठाउँदै अल्भारेजमार्फत निर्णायक गोल निकाल्न सफल भएको हो । लगत्तै मार्टिनेजले गाेल गरेर जित निकालेका हुन् । अर्जेन्टिनाले अब सेमिफाइनलमा इंग्ल्यान्डसँग खेल्नेछ ।

ADVERTISEMENT