काठमाडौं । अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको घोषणा गरिसकेका अर्जेन्टिनाका स्टार खेलाडी लियोनेल मेस्सी फेरि राष्ट्रिय टोलीमा फर्किएका छन्। अर्जेन्टिनाले आगामी मैत्रीपूर्ण खेलका लागि सार्वजनिक गरेको टोलीमा मेस्सीलाई समावेश गरिएको हो।
अर्जेन्टिना फुटबल संघका अनुसार अर्जेन्टिनाले सेप्टेम्बर ३० मा बोलिभिया, अक्टोबर ३ मा बुर्किना फासो र अक्टोबर ६ मा बेनिनसँग मैत्रीपूर्ण खेल खेल्नेछ। यीमध्ये अक्टोबर ६ को खेलमा मेस्सी सहभागी हुने बताइएको छ।
सन् २००५ मा अर्जेन्टिनाको राष्ट्रिय टोलीबाट डेब्यु गरेका मेस्सी देशका लागि सर्वाधिक खेल खेल्ने र गोल गर्ने खेलाडी हुन्। उनले अर्जेन्टिनाका लागि २०३ खेलमा २०३ गोल गरेका छन्।
मेस्सीको कप्तानीमा अर्जेन्टिनाले सन् २०२१ कोपा अमेरिका, २०२२ फिफा विश्वकप र २०२४ कोपा अमेरिका जितेको थियो। कतार विश्वकपको फाइनलमा उनले फ्रान्सविरुद्ध दुई गोल गरेका थिए।
मेस्सीले सन् २००६ देखि २०२६ सम्म छ वटा विश्वकप खेलेका छन्। विश्वकपमा उनले ३४ खेलबाट २१ गोल गरेका छन्। ३९ वर्षीय मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट अलग हुने घोषणा गरे पनि क्लब फुटबललाई निरन्तरता दिनेछन्। उनी हाल अमेरिकी क्लब इन्टर मियामीबाट व्यावसायिक फुटबल खेलिरहेका छन्।
अर्जेन्टिनाको राष्ट्रिय टोलीमा पुनः समावेश भएसँगै मेस्सीले आफ्नै समर्थकमाझ अन्तर्राष्ट्रिय फुटबलबाट औपचारिक बिदाइ लिने अवसर पाउने भएका छन्।






