काठमाडौँ – फिफा विश्वकप-२०२६ अन्तर्गत हाल जारी खेलको पहिलो हाफको खेल सकिँदा अर्जेन्टिनाले स्विट्जरल्यान्डविरुद्ध १-० को अग्रता बनाएको छ।

अमेरिकाको कान्सास सिटी स्टेडियममा जारी खेलको १०औँ मिनेटमा एलेक्सिस म्याक एलिस्टरको गोलमा अर्जेन्टिनाले अग्रता लिएको हो।

ADVERTISEMENT

कप्तान लियोनल मेसीले फ्रिकिकक मार्फत् प्रहार गरेको बललाई २० नम्बर जर्सीका एलेक्सिस म्याक एलिस्टरले हेडमार्फत् उत्कृष्ठ गोल गरेका हुन्।

आजै बिहान भएको क्वार्टरफाइन खेलमा नर्वेलाई २-१ ले पराजित गर्दै इंग्ल्यान्ड सेमिफाइनलमा प्रवेश गरेको छ।

ADVERTISEMENT