काठमाडौं । फिफा विश्वकप २०२६ अन्तिम क्वार्टरफाइनल खेलमा स्विट्जरल्यान्डले अर्जेन्टिनाविरुद्ध बराबरी गोल फर्काएको छ ।
अमेरिकाको कान्सास सिटी स्टेडियममा जारी खेलको ६७औं मिनेटमा स्विट्जरल्यान्डले बराबरी गोल फर्काएको हो ।
रिकार्डाे रोड्रिगको असिस्टमा डान एनडोयेले स्विट्जरल्यान्डका लागि गोल गरेका हुन् ।
यसअघि एलेक्सिस म्याक एलिस्टरले १०औं मिनेटमा गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए । कप्तान लियोनल मेसीले गरेको कर्नर प्रहारलाई एलिस्टरले हेडरमार्फत गोल गरेका हुन् ।





