काठमाडौं । साताको चौथो कारोबार दिन बिहीबार सेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक
१९.६७ अंक घटेर २६०१.९२ विन्दुमा झरेको छ।
सेन्सेटिभ इण्डेक्स २.४९ अंक, फ्लोट इण्डेक्स १.२१ अंक र सन्सेटिभ फ्लोट इण्डेक्स ०.९० अंक घटेको छ। १३ वटै उपसमूहको परिसूचक घटेको छ। व्यापार उपसमूहको परिसूचक सर्वाधिक २.३६ प्रतिशत घटेको छ। विकास बैंक, उत्पादन तथा प्रशोधन र म्युचुअल फण्ड उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।
ऋणपत्र धेरै कारोबार भएसँगै नेप्सेका कारोबार रकम पनि साढे चार अर्ब नाघेको छ। बुधबार चार अर्ब ८२ करोड रुपैयाँबराबरको धितोपत्र कारोबार भएको थियो । ३६१ स्टकको ५७ हजार ८६४ पटकको कारोबारमा चार अर्ब ६१ करोड १९ लाख ५४ हजार रुपैयाँबराबरको ८७ लाख ५१ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।
आज ग्लोबल आइएमई बैंक लिमिटेड डिबेञ्चर २०८६–८७ शीर्ष स्थानमा छ। आज साढे ३५ करोड रुपैयाँबराबरको सो ऋणपत्र कारोबार भएको छ। साढे २८ करोड रुपैयाँभन्दा बढीको १०.७५ प्रतिशत एसबिएल डिबेञ्चर २०८९ किनबेच भएको छ । करिब २१ करोड रुपैयाँबराबरको ८.५ प्रशित बिओके डिबेञ्चर २०८६ खरिदबिक्री भएको छ।
आज उपकार लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १२.६८ प्रतिशत बढेको छ। स्नो रिभर्सको सेयरमूल्य साढे ११ प्रतिशतभन्दा बढी बढेको छ भने अन्य स्टकहरुको मूल्य वृद्धिदर ६ प्रतिशतभन्दा कम रहेको छ। कारोबारमा आएको बिओके डिबेञ्चर २०८६ क को मूल्य यस दिन सर्वाधिक ८.६६ प्रतिशत घटेको छ।






